विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसमा जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस कार्यक्रम अंतरगत अर्किड स्कुल भरतपुरले शैक्षिक स्थल वरिपरिको क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाइयोस भन्ने माग राखी आज एक कार्यक्रम विच जिल्ला प्रशासन कार्यालय चितवन मा ज्ञापन पत्र पेश गर्यो!
विद्यालय परिसर देखि जिल्ला प्रशासन कार्यालयसम्म हातमा प्लेकार्ड सहित विद्यार्थीहरुले सचेतनापूर्ण र्याली निकालेका थिए । कार्यक्रम सहजकर्ता एवम अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले जनाए अनुसार “ हामिलार्ई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ हैन“ भन्ने विश्व स्वास्थ संगठन को सन २०२३ को नारालाई मुर्तरुप दिन विद्यार्थीहरूले गरेको यस कार्यक्रममा स्थानीय तदारुकता पनि देखिएको थियो
विद्यार्थिको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले स्थानिय प्रशासनले सकारात्मक पहलद्वारा सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्ने जनाउदै स्कुलका कलिला विद्यार्थीको कदम प्रती प्रसंशा व्यक्त गर्नु भयो ।
