चितवनका तीन क्षेत्रमा दल र स्वतन्त्र गरी ६० जनाले उम्मेदवारी दर्ता गराए

Spread the love

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ मा हुने निर्वाचनका लागि मंगलबार चितवनका तीन क्षेत्रमा दल र स्वतन्त्र गरी ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार चितवन–१ मा ४ स्वतन्त्रसहित १९ जना, चितवन–२ मा ६ स्वतन्त्रसहित २३ जना र चितवन–३ मा ६ स्वतन्त्रसहित १८ जनाको मनोनयन दर्ता भएको छ ।चितवनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, प्रगातिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसनले तीन वटै क्षेत्रमा उम्मेदवार उठाएका छन् ।चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेको मनोनयन दर्ता भएको छ । उनको वारेसनामा मार्फत उम्मेदवारी दर्ता भएको चितवन–२ का सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिए । पर्सा जिल्ला अदालतमा रहेको सहकारी ठगी मुद्दा प्रक्रियाका कारण मंगलबार उनलाई निर्वाचन अधिकृतको कार्यालय आउन सम्भव नभएको हो ।लामिछाने २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । पछि यो क्षेत्रमा उप निर्वाचन हुँदा पनि लामिछाने नै उम्मेदवार बनेर विजयी भएका थिए । चितवन–२ बाट लामिछानेको तीन वर्षको अन्तरालमा यो तेस्रो उम्मेदवारी हो । अघिल्लो निर्वाचनमा चितवन–१ र २ मा रास्वपा विजयी भएको थियो ।चितवन क्षेत्र न २ मा मनोनयन दर्ता पछि महिला अधिकारकर्मी मीना खरेल। हिजो एउटा गैर नेपाली महिलालाइ आफ्नो देश सुरक्षित पठाउने देखि ११३५ वटा बेसारा बेवारिसे महिलाको निमित्त सडकमा रहेर पैरवी गरेकी साहसी पात्र हुन । बेथिति भ्रष्टाचार मात्र होइन हाम्रो समाजमा घरेलु हिंसाले प्रताडित महिलाको समस्याको ठूलो चाङ छ । हरेक दिन कैयन महिला बलात्कारको सिकार हुन्छन् र आत्महत्याको बाटो रोज्न पुग्छन त्यो सबैको एउटा परिवारिवारिक कलह र त्यसले निम्त्याएको जजरको पर्खाल भत्काउन जरुरी छ ।

अहिले मिना कुमारि खरेल सँग रबि लामिछानेकाे कडा भिडन्त हुने नागरिक अभियान्ता बताउछन् । खरेल महिला हकहितकाे लागि लडि रहने अभियान्ता हुन् ।हिम्सा परेकाे बेच बिखनमा परेकाे महिला सडक बालबालिका लागि हाम्राे घर संन्चालनमा ल्याई सेवा दिई रहृका छन्

०७९ सालको निर्वाचनमा चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । यो पटक पनि राप्रपाबाट पाण्डे नै उम्मेदवार हुने चर्चा थियो । पार्टीले उनको एकल नाम सिफारिस गरेको थियो । तर मंगलबार चितवन–३ मा पाण्डे नभएर राप्रपाका तर्फबाट दीपक थापा मगरले उम्मेदवारी दर्ता गराएका छन् । चितवन–३ मा भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रेनु दाहालले नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गराइन् । रास्वपाले यहाँ सोबिता गौतमलाई उठाएको छ ।