महावीर पुनको उम्मेदवारी शिक्षा प्रविधि र सामाजिक नवप्रवर्तनमा पहिचान

Spread the love

शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन ले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पुगेर मनोनयन दर्ता गराइसकेका छन् भने राजीनामा पत्र प्रधानमन्त्रीसमक्ष म्याग्दीबाटै पठाएको बुझिएको छ।स्वतन्त्र उम्मेदवारी दर्तासँगै महावीर पुनलाई स्थानीय तहबाट समर्थन बढ्न थालेको छ। नेकपा एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जा ले पुनको उम्मेदवारीलाई समर्थन गर्ने घोषणा गरेका छन्। पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए, तर पछिल्लो घटनाक्रमसँगै पुनको पक्षमा उभिएका हुन्।यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि महावीर पुनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन गर्ने जनाएको छ। रास्वपाको समर्थनसँगै पुनको उम्मेदवारीले म्याग्दीको चुनावी समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ।सरकार छाडेर जनताको अदालतमा जाने निर्णय गरेका महावीर पुनको कदमलाई कतिपयले साहसी राजनीतिक निर्णयका रूपमा हेरेका छन्। शिक्षा, प्रविधि र सामाजिक नवप्रवर्तनमा पहिचान बनाएका पुनको स्वतन्त्र उम्मेदवारीले दलगत राजनीतिबाहिरको विकल्पलाई बल पुग्ने अपेक्षा गरिएको छ। म्याग्दीमा पुनको उम्मेदवारीले आगामी निर्वाचनलाई थप रोचक बनाएको छ।