अब बागद्धारको नेतृत्व उपमेयर सुनिताले गर्ने
काठमाडौं महानगरका मेयर बालेन शाहले औपचारिक रूपमा राजीनामा दिएका छन्। उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएर बालेन रास्वपाको केन्द्रीय कार्यालय पुगेका छन्, जहाँ समर्थकहरूको बाक्लो भीड देखिएको छ। अब बागद्धारको नेतृत्व उपमेयर सुनिताले गर्नेछिन् । रास्वपाले प्रस्ताव गरेका भावी प्रधानमन्त्री समेत रहेका बालेनअब झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसंग चुनाव लड्ने तयारीमा छ ।
