यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ दुर्घटनामा अन्य १६ जना घाइते
यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्ट का अनुसार काभ्रेपलाञ्चोकको बुच्चाकोटकाे दुर्घटना घाईतेकाे धुलिखेल अस्पताल मा उपचार भइरहेको जनाएकाे छ ।प्रहरीका अनुसार बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाग्रस्त बसमा चालकसहित २४ जना सवार रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान र अन्य विवरण संकलन गर्ने काम पनि भइरहेको छ।
