विश्व बजारमा घटेको सुनको भाउ पनि नेपालमा भने बढाइएको आरोप

Spread the love

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटिरहेको स्थितिमा नेपालमा भने सुनको भाउ नियोजित रुपमा बढाइएको आरोप लागेको छ । सुनचाँदी व्यवसायी महासंघकै पहलमा बजारमा निरन्तर घटिरहेको सुनको भाउ एक दिन स्थिर राखेर पुन: बढाउने खेल भएको आरोप लागेको हो ।

स्वयम् सुनचाँदी व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् । सुनको भाउ स्थिर राखेर शुक्रबार बढाइएको छ । जवकि यी दुवै दिन अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । अव मंशिरमा हुने विवाहका लागि सुनको माग बढ्न थालेपछि विश्व बजारमा घटेको सुनको भाउ पनि नेपालमा भने बढाइएको आरोप सुनचाँदी व्यवसायी महासंघलाई लागेको छ ।

केहि दिन अघि मात्र सुनचाँदी व्यवसायी महासंघकै पदाधिकारीहरुले सुनको भाउ अझै तोलाको २० हजार घट्न सक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सो अभिव्यक्ति दिएपछि ग्राहकहरु सुन किन्न नै नआएको भन्दै उनको महासंघभित्रैबाट विरोध सुरु भएको थियो । त्यसको भोलिपल्ट भाउ स्थिर राखेर शुक्रबार सुनको भाउ बढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।