इरानमाथि चाँडै पूर्ण विजय घोषणा हुने दाबी अमेरिका यो लडाइँ जित्ने दिशामा अघि बढिरहेको भनाई

Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि चाँडै पूर्ण विजय घोषणा हुने दाबी गरेका छन्। उनले यो घोषणा आगामी दुई हप्ताभित्र हुन सक्ने संकेत दिएका हुन्।ट्रम्पले आफ्ना निकट सहयोगी सिनेटर लिन्डसे ग्राहमको समर्थनमा आयोजित एक टेलीर्‍यालीलाई सम्बोधन गर्दै अमेरिका यो लडाइँ जित्ने दिशामा अघि बढिरहेको बताएका छन्।

उनले भने, ‘हामी एकदमै कडा टिम हौँ, र मलाई लाग्छ हामी यो लडाइँ जित्दैछौं, तर वास्तविक जित तपाईंले आगामी दुई हप्ताभित्र देख्नुहुनेछ, जब हामी पूर्ण विजयको घोषणा गर्नेछौं।’ट्रम्पका अनुसार विजयपछि तेलको मूल्य पनि घट्नेछ। यद्यपि उनले यो परिणाम कुन सैन्य वा कूटनीतिक प्रक्रियाबाट आउने हो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।यो अभिव्यक्ति इरान र इजरायलबीच देखिएको पछिल्लो तनावबीच आएको हो। सोमबार इरानले इजरायलमाथिको आक्रमण रोक्ने घोषणा गरेको थियो भने लेबनानमा इजरायली गतिविधि जारी रहे कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएको थियो।