चेक बाउन्स मुद्दामा फणीन्द्र नेपाल पक्राउ

Spread the love

ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। चेक बाउन्स सम्बन्धी मुद्दामा उनीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।फणीन्द्र नेपालमाथि दर्ता भएको चेक बाउन्स मुद्दाका आधारमा पक्राउ गरिएको बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।