गगन थापा र शेरबहादुर देउवाबीच संवाद नहुनुले विवाद झन् गहिरिने संकेत

Spread the love

टिकाराम भन्डारि

महाधिवेशन तथा पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरिरहेका छन्। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले आफूले सिंगापुरबाट फर्किएपछि देउवासँग भेट्न पटक–पटक समय माग्दासमेत भेट हुन नसकेको बताएका थिए।सिंगापुरबाट फर्किएको एक महिना बितिसक्दासमेत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पार्टी सभापति गगन थापाबीच प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन। दुई नेताबीच संवाद हुन नसक्दा कांग्रेसको आसन्न १५औँ महाधिवेशन झन् विवादित बन्ने संकेत देखिएको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवासँग भेटको प्रयास गरेका थिए।थापाले पहिलोपटक भदौ १ गते देउवाका स्वकीय सचिव भानु देउवामार्फत समय मागेको पौडेलले बताएका छन्।दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यसअघि पनि प्रयास भएको थियो। विभिन्न व्यक्तिमार्फत पनि भेट्न खोज्नुभएको हो। तर संवाद हुन सकिरहेको छैन,’ पौडेलले बताएका छन्।तर देउवाका प्रमुख स्वकीय सचिव भानुले भने आफूलाई एक पटक मात्रै समय मागिएको दाबी गरेका छन्। उनका अनुसार थापाले केही समयअघि फोन गरेपछि आफूले भेटका लागि समय मिलाउने प्रयास गरेको तर थापा राजधानीबाहिर रहेको जानकारी पाएको बताए।अदालतको ‘निस्सा’पछि देउवा थप आत्मविश्वासीयसबीच कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनसम्बन्धी विवाद पनि अदालतमा विचाराधीन छ।

देउवा सिंगापुरबाट फर्कनुभन्दा करिब एक साताअघि सर्वोच्च अदालतले ४ वैशाखको फैसला पुनरावलोकन गर्ने अनुमति (निस्सा) दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयसम्बन्धी सर्वोच्चको फैसलामाथि पुनरावलोकन प्रक्रिया अघि बढेको हो।देउवाले बुधबार बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा सर्वोच्चबाट निस्सा प्राप्त हुनु आफ्नो पक्षका लागि ठूलो उपलब्धि भएको दाबी गरेका छन्।उनले पुनरावलोकनबाट कांग्रेसको आधिकारिकता आफूहरूले नै पाउने विश्वास व्यक्त गर्दै रुख चिह्न र चारतारे झन्डा पनि आफूहरूले प्राप्त गर्ने दाबी गरे।

‘सर्वोच्चले निस्सा दियो। यसबाटै हाम्रो आधाभन्दा बढी जित भइसकेको छ,’ देउवाले कार्यक्रममा भने।उनले कांग्रेससम्बन्धी विवादमा आफूहरूले न्याय पाउने विश्वास पनि व्यक्त गरेका छन्।देउवा पक्षमा शशांक कोइरालाको सक्रियतायसैबीच देउवा पक्षको नेतृत्व सम्हाल्दै आएका पूर्णबहादुर खड्का अहिले सक्रिय भूमिकामा नरहेको अवस्थामा पूर्वमहामन्त्री एवं बीपी कोइरालाका पुत्र शशांक कोइराला देउवा पक्षको गतिविधिमा सक्रिय देखिएका छन्।कोइरालाले आगामी १५औँ महाधिवेशन देउवाको नेतृत्वमा हुनुपर्ने धारणा राखेका छन्। देउवाको नेतृत्वमा महाधिवेशन गर्न सहमति भएमा पार्टीभित्र एकता कायम हुनसक्ने उनको भनाइ छ।आउँदो १५औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, यसलाई सफल पारौँ,’ उनले भनेका छन्।

तर उनले कांग्रेस अहिले कठिन अवस्थामा रहेको र पार्टी टुक्रिने सम्भावनासमेत देखिएको बताएका छन्।महाधिवेशनको मिति नै फरक–फरककांग्रेसभित्रको विवादको अर्को मुख्य विषय १५औँ महाधिवेशनको मिति र प्रक्रिया बनेको छ।संस्थापन पक्षले आगामी १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रक्रिया अघि बढाइसकेको छ। देउवा पक्षले भने १५ असोजमा वडा अधिवेशन सुरु गरेर २१ देखि २३ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने छुट्टै कार्यतालिका अघि सारेको छ।दुई पक्षबीच महाधिवेशनको वैधानिकता, नेतृत्व र संगठनात्मक प्रक्रियामै मतभेद कायम रहँदा गगन थापा र शेरबहादुर देउवाबीच संवाद नहुनुले विवाद झन् गहिरिने आशंका बढेको छ।कांग्रेसका नेताहरूबीच निरन्तर संवाद र सहमति नबने आगामी महाधिवेशन एकै मञ्चबाट हुन्छ कि अलग–अलग प्रक्रियाबाट अघि बढ्छ भन्ने प्रश्न अझ गम्भीर बन्दै गएको छ।