आयोजना सञ्चालन प्राविधिक निरीक्षण नीति व्यवस्थापनमा अनुभव
सुरेस कुमार थपलिया
उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका दिपमकुमार साहको राजनीतिक यात्रा भने एउटै दलमा सीमित छैन। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट राजनीतिमा उदाएका थिए, पार्टीभित्रको विवादपछि निष्कासित भए र त्यसपछि आफ्नै राजनीतिक दल निर्माणको प्रयास गर्दै अन्ततः रास्वपासँगको सहकार्यमा प्रतिनिधिसभा निर्वाचन जितेका हुन्।गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
जनमत पार्टीका उपाध्यक्षदेखि निष्कासनसम्म साह कुनै समय सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष थिए। पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको आरोपपछि उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरिएको थियो। त्यसपछि जनमत पार्टीले उनलाई पार्टीबाटै निष्कासन गरेको थियो।पार्टीले साहमाथि गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाएको थियो।जनमतबाट बाहिरिएपछि साहले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने प्रयास गरे। जेनजी आन्दोलनपछि उनले जनस्वराज पार्टी गठन गर्ने प्रयास गरेका थिए। त्यसलाई कानुनी मान्यता पाउन समस्या भएपछि पार्टीको नाम परिवर्तन गरेर सर्वोदय पार्टी दर्ता गराएका थिए। उनी सर्वोदय पार्टीका अध्यक्षसमेत बने।रास्वपाको चुनाव चिह्नबाट निर्वाचित फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्दै रास्वपाको चुनाव चिह्नबाट सुनसरी–४ मा उम्मेदवारी दिएका थिए।
उनले नेपाली कांग्रेसका पूर्वमन्त्री तथा नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई करिब २६ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।यसरी जनमत पार्टीबाट सुरु भएको उनको राजनीतिक यात्रा पार्टीभित्रको विवाद, निष्कासन, नयाँ दल निर्माणको प्रयास हुँदै रास्वपाको चुनाव चिह्नबाट संसद् प्रवेशसम्म पुगेको देखिन्छ।इन्जिनियरिङ र जलविद्युत्को अनुभवराजनीतिसँगै साहको व्यावसायिक पृष्ठभूमि प्राविधिक क्षेत्रमा छ। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्।उनी दुई दशकभन्दा बढी समय जलविद्युत् क्षेत्रमा इन्जिनियर, विशेषज्ञ तथा व्यवस्थापकका रूपमा सक्रिय रहेको बताइएको छ। जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण तथा नीति र व्यवस्थापनमा उनको अनुभव रहेको छ।
