उज्यालो नेपाल पार्टीको चितवन जिल्ला भेला सेरेन् बुटिक होटलमा आयोजना हुँदै
भरतपुर चितवन उज्यालो पार्टीमा आस्था राख्नु हिने शुभेच्छुक, समर्थक, सदस्य र सम्पूर्ण स्वतन्त्र-वैकल्पिक अभियन्तालाई निमन्त्रणा गरिएको छ। कार्यक्रमको संयोजन गर्नु हुने केन्द्रिय सदस्य संजीव भट्टराईले भेलाले मंसिर १७ गतेको पार्टी घोषणा सभालाई मुख्य केन्द्रमा राख्दै सानो आकारको तदर्थ समिति समेत बनाउने जानकारी दिए।आज बिहान बसेको कार्यक्रमको तयारीको प्रारम्भिक बैठकमा काठमाडौं (काभ्रे) बाट आउनु भएका अर्का केन्द्रिय सदस्य ई. डा. शंकर ढकालले कार्यक्रमले सबै इच्छुक स्वतन्त्र वैकल्पिक अभियन्ता साथीहरूलाई खुल्ला भई मिलाएर लानु पर्ने धारणा राखेका थिए। तयारी बैठकमा सक्षम युवा नेताहरुको उत्साहपूर्ण सहभागिता देख्दा चितवनमा उज्यालो पार्टीको भविष्य निकै उज्ज्वल रहेको आफूलाई आत्मविश्वास रहेको धारणा उहाँले राख्नुभयो।तयारी बैठकमा चितवनका सबै क्षेत्रका प्रतिनिधि विज्ञ, सफल व्यवसायी तथा युवा अभियन्ताहरुको उपस्थिति थियो। अष्ट्रेलियामा १७ वर्ष देखि बसोबास गर्दै नेपाली समुदायमा सक्रिय, सफल युवा व्यवसायी, चितवन १ का कुशल केसी पनि उज्यालो नेपाल अभियानलाई सफल बनाउन यो अभियानमा जोडिँदै आजको तयारी बैठकमा जोडिएका थिए।
