बेलायत सरकारसँग हाम्रो दस्तावेजहरूमा छलफल प्रमाणका आधारमा कूटनीतिक टेबल टक अघि बढाइने
ऐतिहासिक दस्तावेजहरूमा पहुँच स्थापित गरिने बताएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा उनले सुगौली सन्धि लगायत नेपाल–भारत सीमा सम्बन्धी विषय अध्ययनका लागि पुराना ऐतिहासिक प्रमाणहरूको खोजी भइरहेको जानकारी दिए।मन्त्री खनालका अनुसार कतिपय महत्वपूर्ण कागजातहरू नेपालमा उपलब्ध नभएकाले बेलायतका संग्रहालय, पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजहरूको अध्ययन आवश्यक पर्न सक्छ।
उनले इस्ट इन्डिया कम्पनीका अधिकारीहरूले तयार गरेका व्यक्तिगत नोटबुक तथा कागजातहरू समेत ऐतिहासिक प्रमाणका रूपमा उपयोगी हुन सक्ने उल्लेख गर्दै ती सामग्रीहरूमा पहुँचका लागि कूटनीतिक पहल गर्न सकिने बताए।आवश्यक परे बेलायत सरकारसँग हाम्रो मित्रवत् सम्बन्धमार्फत दस्तावेजहरूमा पहुँच स्थापित गर्ने विषयमा छलफल र सहकार्य गर्न सक्छौँ,” मन्त्री खनालले भने।उनले सीमा सम्बन्धी विवाद समाधानका लागि तथ्य र प्रमाणका आधारमा कूटनीतिक ‘टेबल टक’ अघि बढाइने समेत स्पष्ट पारे।
