मेयरदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधिको सम्पत्ति स्रोत र विवरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने- सुधन गुरूङ्ग

Spread the love

सुधन गुरुङले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक छानबिन गर्न सरकारसँग माग गरेका छन्।उनले मेयरदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधिको सम्पत्ति स्रोत र विवरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न सम्पत्ति छानबिन आवश्यक रहेको उनको भनाइ छ।

गुरुङले स्थानीय तहमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न जनप्रतिनिधिहरूको सम्पत्तिको नियमित अनुगमन र अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।उनका अनुसार जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दा र कार्यकाल पूरा गर्दा सम्पत्तिको अवस्था तुलना गरेर अस्वाभाविक वृद्धि भए/नभएको विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ।भ्रष्टाचार नियन्त्रण र जनविश्वास कायम राख्न यस्ता कदम प्रभावकारी हुने भन्दै उनले सरकार तथा सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।