सीताराम कट्टेल नेपाल फर्किए भुत्तानिकाे लागि मन्त्रालय धाउन सुरू सरकारले बाँकि भुत्तानि देला त?

Spread the love

सबिना प्रजा

सीताराम कट्टेल अमेरिका बसाइपछि नेपाल फर्किएका छन्। छोरीको स्वास्थ्य उपचारका लागि विदेशमा रहेका उनले सामाजिक सञ्जालमार्फत स्वदेश आगमनको जानकारी सार्वजनिक गरेका हुन्।

उनले आफ्नो सन्देशमा न्याय प्राप्त हुने आशा र विश्वास अझै कायम रहेको उल्लेख गरेका छन्। मातृभूमिमा फर्केर जीवनका दुःख र संघर्षलाई आफ्ना मानिसहरूसँग बाँड्ने अवसर पाउने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।धुर्मुसले सामाजिक सञ्जालमा लेखेको सन्देशमा न्यायको अनुभूति गर्दै आफ्नै माटोमा जीवनका घाउहरू निको पार्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।पछिल्ला वर्षहरूमा गौतम बुद्ध रंगशाला निर्माणका क्रममा उत्पन्न ऋण दायित्व समाधानका लागि उनी निरन्तर सरकारी निकाय र मन्त्रालयहरूमा धाइरहेका थिए। उक्त विषयको उचित टुंगो लाग्नुपर्ने उनको अडान रहँदै आएको छ।