गोर्खा सैनिकहरूको साहस दृढता सेवाभावको प्रशंसा सैन्य ऐतिहासिक र भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने
गोर्खा आर्टिलरी युनिटलाई नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा व्याख्या गरेका छन् ।विल्टसायरको लार्कहिल ब्यारेकमा आयोजित परेडमा सहभागी हुँदै राजा चार्ल्सले गोर्खा सैनिकहरूको साहस, दृढता र सेवाभावको प्रशंसा गरे ।समारोहमा राजा चार्ल्सलाई २१ तोपको सलामी दिइएको थियो । त्यसपछि परेड निरीक्षण गर्दै उनले गोर्खा सैनिकप्रति आफ्नो सम्मान व्यक्त गरेका थिए ।राजा चार्ल्सले गोर्खा सैनिकहरूलाई परेडमा देख्दा आफू निकै गौरवान्वित हुने बताएका छन् ।
उनले नवगठित युनिटको स्थापनाले ब्रिटिस सेनाभित्र नयाँ अध्याय सुरु गरेको उल्लेख गरे । उनका अनुसार यो युनिटलाई अब पूर्ण क्षमताअनुसार विस्तार गर्ने बाटो खुलेको छ ।सन् २०२५ मा गठन गरिएको यो गोर्खा आर्टिलरी युनिटमा आगामी तीन वर्षमा ४०० गोर्खा सैनिक सामेल हुने बताइएको छ ।राजा चार्ल्सले गोर्खा युनिटको विकासले बेलायत र नेपालबीच लामो समयदेखि कायम रहँदै आएको सैन्य, ऐतिहासिक र भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
