कक्रोज जनता पार्टीकाे दिल्लीस्थित विशाल प्रदर्शन प्रदर्शनमा लक्षित गरी जन्तर मंतर वरपर सुरक्षा व्यवस्था कडा
हालै सामाजिक सञ्जालबाट उदाएको ‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा विशाल प्रदर्शन गरेको छ। बिहानैदेखि सुरु भएको उक्त प्रदर्शनमा हजारौँको संख्यामा समर्थकहरू सहभागी भएका छन्।
अनलाइन माध्यमबाट तीव्र रूपमा फैलिएको यस समूहले पहिलो पटक ठूलो मात्रामा सडकमा उपस्थित भई शक्ति प्रदर्शन गरेको हो। आन्दोलन स्थलमा ठूलो भीड जम्मा हुँदा क्षेत्रभर उल्लेखनीय चहलपहल देखिएको छ।प्रदर्शनलाई लक्षित गरी जन्तर मंतर वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ र अधिकारीहरूले स्थिति निगरानी गरिरहेका छन्। सामाजिक सञ्जालमा लोकप्रिय बनेको यो समूहको प्रत्यक्ष सडक उपस्थितिले राजधानीको राजनीतिक वातावरणलाई पनि केही हदसम्म तरंगित बनाएको देखिन्छ।
