सीमा विवादको विषयलाई जिम्मेवार र चरणबद्ध ढंगले उठाउनुपर्ने धारणा

Spread the love

सबिना प्रजा

नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयहरू सार्वजनिक हल्ला र नाराभन्दा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीमा विवादको विषयलाई जिम्मेवार र चरणबद्ध ढंगले उठाउनुपर्ने धारणा राखेका हुन्।सीमा विवादबारे सोधिएको प्रश्नमा उनले कूटनीतिक च्यानल सक्रिय गरेर समस्या समाधानतर्फ अघि बढ्नुपर्ने बताए। “यस्ता विषय ढोल बजाएजस्तो गरेर हुँदैन, आफ्नो देशको हित हुने ठाउँमा चरणबद्ध रूपमा कुरा राख्नुपर्छ,” उनले भने।

लामिछानेले कूटनीति लोकप्रियता हासिल गर्ने माध्यम नभई राष्ट्रिय हित र समस्या समाधानसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जिम्मेवारी र संवेदनशीलता नबुझी गरिने अभिव्यक्तिले अपेक्षित परिणाम नदिने पनि बताए।पछिल्लो समय नेपाल–भारत सीमा विवादबारे विभिन्न राजनीतिक अभिव्यक्तिहरू सार्वजनिक भइरहेका बेला लामिछानेको यो धारणा आएको हो। उनले नेपालले आफ्नो राष्ट्रिय हितका विषय उचित समय, उचित मञ्च र कूटनीतिक प्रक्रियामार्फत उठाउँदै आएको र भविष्यमा पनि त्यसैगरी उठाउनुपर्ने बताए।