विधि परम्परा अभ्यासअनुसार नै सभा सञ्चालन गरिरहेको दाबी- सभामुख

Spread the love

सबिना प्रजा

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले सभामुखको कार्यशैलीप्रति असहमति जनाउँदै अवरोध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले यस्तो आग्रह गरेका हुन् ।बैठकमा उनले भने, ‘सभामुखसँग प्रतिस्पर्धा नगरौँ माननीय सदस्यहरू । कानुन निर्माणमा प्रतिस्पर्धा गरौँ, देशको विकासमा प्रतिस्पर्धा गरौँ।’

सभामुख अर्यालले आफूले स्थापित विधि, परम्परा र संसदीय अभ्यासअनुसार नै सभा सञ्चालन गरिरहेको दाबी गरे ।उनले भने, ‘मैले विधि, परम्परा र नियमविपरीत केही पनि गरेको छैन । सभाले बनाएको विधिअनुसार नै बैठक सञ्चालन गरेको हुँ, यसलाई अन्यथा नलिन आग्रह गर्दछु।’सभामुखको आग्रहका बाबजुद विपक्षी दलका सांसदहरूले अवरोध जारी राखे । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।