सिँढीबाट लडेर घाइते बसुमायाँ तामाङ मुटुसम्बन्धी समस्याबाट पीडित
सबिना प्रजा
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बसुमाया तामाङ संसद भवनको सिँढीबाट लडेर घाइते भएकी छन्। संसद बैठक सकिएपछि सभाहलको भर्याङ ओर्लिने क्रममा उनलाई अचानक रिंगटा लागेको र त्यसपछि लडेको बताइएको छ।घटनापछि त्यहाँ रहेका अन्य सांसदहरूले उनलाई तत्काल उठाएका थिए। त्यसलगत्तै सांसद सुदन गुरुङले एम्बुलेन्स बोलाएर उपचारको व्यवस्था मिलाएका थिए।
घाइते तामाङलाई एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको छ। उपचारपछि अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ।स्रोतका अनुसार बसुमाया तामाङ मुटुसम्बन्धी समस्याबाट पीडित रहेकी छन्। घटनापछि संसद परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
