रेश्मिका परियारको ह त्या संलग्न रहेको अभियोगमा तीनजना प क्राउ
सबिना प्रजा
खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको ह त्या प्रक रणमा संलग्न रहेको अभियोगमा थप तीन जना मंगलबार प क्राउ परेका छन्।पक्राउ पर्नेमा चुइचुम्मा-४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन्।गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला परेकी थिइन्। त्यतिबेला सा मुहिक बला त्कारपछि हत्या भएको भन्ने हल्ला भए पनि प्रहरीले त्यसलाई अस्वीकार गरेको थियो।घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
यसअघि रेश्मिका ह त्या प्रक रणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गरेर गत चैत २१ गते किटानी जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो।मृतकका पतिले भदौ ३० गते पत्नीलाई छिमेकी दीपक सार्कीले बलात्कार गरेको हुन सक्ने आशंकामा भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले अनुसन्धान गरिरहेकै छ।
