आधारभूत सुविधा सुरक्षा स्वास्थ्य खाना बसोबास र मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गर्नुपर्ने -सुहाङ नेम्वाङ

Spread the love

संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद सुहाङ नेम्वाङले सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

नेम्वाङले होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूको अवस्था, आधारभूत सुविधा, सुरक्षा, स्वास्थ्य, खाना, बसोबास र मानव अधिकारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन समितिले स्थलगत अनुगमन गर्नुपर्ने बताएका हुन्।

उनको प्रस्तावलाई समितिकी सभापति समीक्षा बास्कोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समर्थन जनाएका छन्। उनीहरूले पनि विस्थापित नागरिकको अवस्था बुझ्नु समितिको जिम्मेवारी भएको भन्दै अनुगमन आवश्यक रहेको धारणा राखेका छन्।