लिपुलेक तथा नाथुला पास हुँदै कैलाश मानसरोवर यात्रा खुला

Spread the love

भारत र चीनबीचको समन्वयमा लिपुलेक तथा नाथुला पास हुँदै कैलाश मानसरोवर यात्रा खुला गरिएको छ । भारतीय विदेश मन्त्रालयले सन् २०२६ का लागि यात्रा औपचारिक रूपमा घोषणा गर्दै आगामी जुनदेखि अगस्टसम्म यात्रुहरू सहभागी हुने जनाएको छ ।

यस यात्राका लागि भारतले अनलाइन आवेदनसमेत खुला गरेको छ, जसअनुसार प्रत्येक मार्गबाट ५०० का दरले कुल एक हजार यात्रु सहभागी हुन पाउनेछन् । तर नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक क्षेत्र प्रयोग गरी यात्रा सञ्चालन गर्ने निर्णयबारे नेपाललाई कुनै आधिकारिक जानकारी नदिइएको जनाइएको छ ।लिपुलेक क्षेत्र सन् १९९८ देखि नै नेपाल–भारतबीचको विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ । नेपालले यस विषयमा औपचारिक रूपमा कूटनीतिक नोटमार्फत विरोध जनाउँदै आएको छ ।

विवादित क्षेत्रबाट भारत र चीनबीचको समन्वयमा यात्रा सञ्चालन गर्ने तयारी भएपछि यसले पुनः कूटनीतिक बहस चर्काएको छ ।