२०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने
सकिना प्रजा
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले। उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे। यो रोहितको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो। गुल्शन झाले ३४ बलमा ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे। नेपालले ५० ओभरमा २३५ रन बनाएको थियो।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमा अलआउट भयो।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए। क्यानडाका लागि आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाए।जितसँगै नेपालले लिग–२ को अंक तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ। शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने भएकाले नेपालका लागि प्रत्येक खेल महत्वपूर्ण छ।
