सुकुम्बासी तथा भूमिहीन नागरिकहरू धमाधम आत्महत्या गर्दै -गरिवकाे चमेलि वाेल्दिने काेहि छैन
सबिना प्रजा
देशभर सुकुम्बासी तथा भूमिहीन नागरिकहरू बस्ती हटाउने सरकारी अभियानका कारण त्रास र अनिश्चिततामा परेका छन्।

डोजर चलाएर बस्ती खाली गराउने निर्णयसँगै वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकहरू वासस्थान छाड्न बाध्य भएका छन्।

शुक्रबार बल्खु क्षेत्रमा घर भत्काइँदै गर्दा खोटाङका इन्द्रबहादुर राई खोलामा मृत अवस्थामा फेला परेका थिए। उनी करिब १६–१७ वर्षदेखि परिवारसहित त्यहीँ बस्दै आएका थिए।

यस्तै, थापाथली क्षेत्रमा बस्ती हटाउने क्रममा रेखा कुँवर बेहोस भई उपचारका लागि अस्पताल लगिनुपरेको घटना पनि सार्वजनिक भएको छ।
सरकारले व्यवस्थापन गरेको भनिएका स्थानहरूमा समेत आधारभूत सेवा सुविधाको अभाव रहेको गुनासो प्रभावितहरूले गर्दै आएका छन्।
यसैबीच गगनकुमार थापा लगायत विभिन्न नेताहरूले वास्तविक सुकुम्बासीको पहिचान नगरी बस्ती हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
