इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी
इजरायलले इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिँदै इजरायलले क्रमिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को आर्थिक स्रोतहरू नष्ट गर्दै गएको बताएका छन्।, इजरायली रक्षा बल (आईडीएफ)ले छुट्टै वक्तव्य जारी गर्दै इरानका दुई ठूला पेट्रोकेमिकल कम्प्लेक्समा लक्षित आक्रमण गरिएको जनाएको छ। उक्त आक्रमणले इरानको कुल पेट्रोकेमिकल निर्यात क्षमताको ८५ प्रतिशतभन्दा बढीमा असर परेको दाबी गरिएको छ।
आईडीएफका अनुसार असलुयेहलस्थित एक औद्योगिक स्थललाई इरानी मिसाइल उद्योगका लागि आवश्यक ‘महत्त्वपूर्ण कम्पोनेन्ट’ उत्पादन गर्ने केन्द्रको रूपमा प्रयोग गरिँदै आएको थियो। यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिने संकेत देखिएको छ।
