आन्तरिक विवाद चर्किँदै गएपछि पार्टीले केन्द्रीय अनुशासन समितिको बैठक राख्दै

Spread the love

सबिना प्रजा

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै गएपछि पार्टीले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने तय भएको सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।पार्टीभित्र हालै क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी निर्णयपछि असन्तुष्टि बढेको छ। यसैबीच, कावा सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै १५ औँ महाधिवेशनका लागि वितरण तथा नवीकरण भइसकेका सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।खड्काले कुनै नेताले आवेग वा उत्तेजनामा दिएको अभिव्यक्तिका आधारमा सदस्यता खारेज गर्न नहुने बताएका छन्। उनले यस्तो कदमले पार्टीलाई कमजोर बनाउने भन्दै सम्बन्धित पक्षलाई संयमता अपनाउन चेतावनी दिएका छन्।

त्यसैबीच बुधबार नै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सबै पदाधिकारी तथा सदस्यलाई बैठकबारे जानकारी गराएका छन्।पार्टीभित्र देखिएको यो विवादले आगामी महाधिवेशन र संगठनात्मक प्रक्रियामा असर पार्न सक्ने अनुमान गरिएको छ।