केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया हुने

Spread the love

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया आगामी सोमबार हुने भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार शनिबारसम्म गरिएका सबै स्वास्थ्य परीक्षणका रिपोर्टहरू सन्तोषजनक आएकाले अपरेशन गर्ने निश्चित भएको हो । तीन पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता समस्या रहेका कारण यसअघि अपरेशनका बारेमा अन्योल सिर्जना भएको थियो । चैत १३ गते पक्राउ परे लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उहाँ शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । सर्वोच्चको आदेशमा रिहा भए पनि चिकित्सकको सल्लाह बमोजिम उहाँ अस्पतालमै उपचाररत हुनुहुन्छ । सोमबार बिहानसम्म स्वास्थ्य स्थिति स्थिर रहेमा शल्यक्रिया सम्पन्न गरिने अस्पताल प्रशासनले जनाएको छ ।