जनअधिकारमा कटौती गर्ने प्रयास भए सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने चेतावनी

Spread the love

शनिबार काठमाडौंको पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार संविधानको मर्म र सीमाभित्र रहेर अघि बढ्नुपर्ने स्पष्ट पारे। उनले सरकारले जनताको हितमा रचनात्मक तथा सकारात्मक काम गरे त्यसलाई आफूहरूले सकारात्मक रूपमा लिने तर संविधान र जनअधिकारमा असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।प्रचण्डले जनताले लामो संघर्ष, त्याग र बलिदानमार्फत प्राप्त गरेका अधिकारहरूमा कुनै पनि किसिमको हस्तक्षेप हुन नहुनेमा जोड दिए। उनले विद्यार्थी, कर्मचारी तथा विभिन्न जनवर्गका अधिकारमाथि प्रश्न उठाउने वा कटौती गर्ने प्रयासप्रति आफ्नो पार्टी सतर्क रहेको पनि उल्लेख गरे।

उनले संविधान संशोधनको विरोधी आफूहरू नभएको स्पष्ट गर्दै संशोधन जनताको अधिकार थप्ने दिशामा हुनुपर्ने बताए। उनका अनुसार संविधान संशोधन महिलाका अधिकार विस्तार गर्न, जनअधिकार मजबुत बनाउन र संघीयतालाई अझ सुदृढ गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्छ, अधिकार खोस्ने दिशामा होइन।