श्रम मन्त्रालयको चाबी पनि हर्ककै हातमा पुग्ला त ? बलियो अड्कलबाजी

Spread the love

प्रधानमन्त्री बालेन शाहको सरप्राइज राजनीतिक कदमले हर्क साम्पाङ मख्ख परेका छन् । राप्रपालाई दिने भनिएको उपसभामुख पद अन्तिम समयमा हर्क नेतृत्वको श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई दिलाएपछि यी दुई चर्चित नेताबीचको पुरानो तिक्तता मेटिएको छ।

विगतमा बालेनको कडा आलोचना गर्ने हर्क, अहिले सामाजिक सञ्जालमा हामी मिलेको हेर्न चाहनेले लाइक गरौँ भन्दै हौसिएका छन्। बालेनको यो परिपक्व राजनीतिक मुभु सँगै, अब खाली रहेको श्रम मन्त्रालयको चाबी पनि हर्ककै हातमा पुग्ने बलियो अड्कलबाजी सुरु भएको छ।