निर्माणको डेब्युमै फिल्म समीक्षात्मक रूपमा कमजोर फिल्मले निराशाजनक प्रदर्शन

Spread the love

फिल्म ‘आई एम जितबहादुर’ बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन। समीक्षात्मक रूपमा कमजोर प्रतिक्रिया पाएको फिल्मले व्यापारिक रूपमा पनि निराशाजनक प्रदर्शन गरेको छ।चलचित्र विकास बोर्डको तथ्यांकअनुसार असार ५ देखि १४ गतेसम्म फिल्मले जम्मा ३१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यही अवधिमा फिल्म हेर्न ९ हजार ६२६ वटा टिकट मात्र बिक्री भएको छ, अर्थात् १० हजार दर्शकसमेत हलसम्म पुग्न सकेनन्।शीर्ष अभिनेताका रूपमा सफल फिल्मको खोजीमा रहेका जितु नेपाल यसपटक पहिलोपटक निर्माता बनेका थिए। तर निर्माणको डेब्युमै उनको फिल्म बक्स अफिसमा असफल भएको छ।

फिल्मको कमजोर प्रदर्शनलाई जितु नेपालले स्वयं स्वीकार गरेका छन्। उनका अनुसार भारतीय निर्देशकमाथिको भरोसा, कमजोर गीत तथा फिल्मको शीर्षकले अपेक्षित प्रभाव पार्न नसक्दा नतिजा कमजोर बनेको हो।मेरो नामबाट फिल्मको शीर्षक राखियो। चर्चा पनि मेरो बायोपिकजस्तै भयो। मेरो बायोपिक बन्ने समय भएको छैन,’ जितुले प्रतिक्रिया दिएका छन्।सुवेन्दु घोष निर्देशित फिल्ममा जितु नेपालसँगै वर्षा राउतको मुख्य भूमिका रहेको छ।