सडकमै कुट पिट गर्ने कार चालक लाइ प्रहरीले खोजि कार्य सुरू

Spread the love

दुई बाइक राइडरलाइ बीच सडकमै कु टपि ट गर्ने कार चालक लाइ प्रहरीले खोजि थालेको छसडकमा एक जना कार चालकले दुई जना मोटरसाइकल राइडरलाई बीच सडकमै कु टपि ट गरेको भिडिओ शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल छ । घटना सार्वजनिक भएपछि प्रहरीले कु टपि ट र अभद्र व्यवहारमा संलग्न कार चालकको खोजी सुरु गरेको छ !भाइरल भिडिओमा ‘बागमती बीएसी ५२८१’ नम्बर प्लेटको स्यान्ट्रो कारका चालकले राइडर द्वयलाई अ श्लील गा लीगलौ ज कु टपि ट गरेको देखिन्छ । कार चालक निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले भ्लगमा भिडिओ हाले ‘खोजी-खोजी मार्ने’ ध म्की दिँदै राइडरहरूमाथि पटक-पटक हातपात गरेका छन् ।चालकले भ्लगरको गोप्रो क्यामेरा भाँचिदिने ध म्की दिएको, अ श्लील गाली गरेको, बाइकको चाबी थुतेको र एउटा बाइक भुइँमा ल डाइदिएको भिडिओमा प्रस्ट देखिन्छ । राइडरहरूले बारम्बार ‘हाम्रै गल्ती भयो, सरी दाइ’ भन्दै माफी माग्दा पनि उनि निरन्तर जाइलग्छन !राइडर विशाल तामाङ अनुसार यो घटना शनिबार मध्यान्ह करिब १२ बजेतिर तेलकोट (नगरकोट) हो । आफूहरूमाथि कुटपिट र ज्या न मा र्ने ध म्की आएपछि उनीहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन् । उनले भने “उसको एरिया भनेर उसैको ग ल्ती हुँदा पनि हामीलाई कुट्यो । हामीले जाहेरी दिएका छौँ । हेरौँ प्रहरीले के गर्छ ?” भक्तपुर परिसरका प्रवक्ता तथा डीएसपी प्रकाश जबेगु लिम्बुले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए । #News