चालक लाई माेजमस्ति यात्रुलाई विभेद हुदापनि गृह प्रशासन माैन

Spread the love

चिया–खाजा खाने, ट्वाइलेट जाने भए झर्नु होला है, टाढा यता–उता नजानु होला!’— सहचालकको यो परिचित उर्दीसँगै बस रोकिन्छ।दाइ, खाजा के–के छ?’— एक यात्रुको प्रश्न आउँछ।प्रश्न पूरा हुन नपाउँदै साहुजीको उत्तर तयार हुन्छ— ‘चना–अण्डा १००, चिया ३०, चाउचाउ पकाएको ५०, चाउमिन हाफ ७०, पानीको बोतल ३५। के दिऊँ?’ग्राहक एकछिन अनिर्णीत बन्छ। सायद उसलाई आफ्नै सहर वा गाउँको तुलनामा यहाँ सबै कुरा महँगो लागिरहेको हुन्छ। केही बेर वरिपरि घुम्छ, विकल्प नपाएर अन्ततः फर्किन्छ र सेवाग्राहक एकछिन अनिर्णीत बन्छ। सायद उसलाई आफ्नै सहर वा गाउँको तुलनामा यहाँ सबै कुरा महँगो लागिरहेको हुन्छ। केही बेर वरिपरि घुम्छ, विकल्प नपाएर अन्ततः फर्किन्छ र सेवा लिन्छ। विकल्प पनि कसरी होस्— बस प्रायः यस्ता ठाउँमै रोकिन्छ जहाँ अरू होटेल नै हुँदैनन्।नेपालका धेरै यात्रुहरूका लागि लामो दूरीका रात्रि बसहरू जीवनको नियमित हिस्सा बनेका छन्। तर यस्तो यात्रामा सबैभन्दा असहज र चिन्ताजनक पक्षमध्ये एक हो— बाटोमा हुने खानपानको व्यवस्था, जसलाई प्रायः ‘बाटोको भात’ भनेर चिनिन्छ।अलि पहिलेको तुलनामा अहिले केही सुधार देखिए पनि समस्या भने अझै पनि कायम छ।सबैभन्दा पहिले, स्वच्छताको समस्या। खाना पकाउने ठाउँमा धुलो, धुवाँ र माछामुखी देखिनु सामान्य कुरा जस्तै छ। पानीको स्रोत स्पष्ट हुँदैन, भाँडाकुँडा राम्ररी धुइँदैनन् र कतिपय ठाउँमा बाँकी खाना पुनः तताएर पस्किन्छ भन्ने पनि सुनिन्छ। यस्तो अवस्थामा यात्रुहरू बिरामी पर्न सक्ने जोखिममा हुन्छन्।बाबु, मलाई चोखो रोटी र दूध वा दही पाइन्छ त?’ एकजना वृद्ध आमाको स्वर सुनिन्छ।बस रोकेपछि आमाको अनुरोध सुन्नासाथ साहुजी कामदारलाई भन्छन्— ‘ए भाइ, आमाका लागि रोटी र दही ल्याइदेऊ त।’आमा नजिकैको टेबलमा बस्नुहुन्छ। कामदार हतारमा आउँछ, कचौरामा दही राख्छ र तसलाबाट दुई वटा रोटी थालमा राखिदिन्छ। ‘खानुस्’ भन्न पनि समय नभएझैँ फर्किन्छ।पहिलो रोटी खाएपछि दोस्रो समात्दै गर्दा आमाले रोटीमा दालको छिटा देख्नुहुन्छ।बाबु, चोखो रोटी भनेको दाल पो लागेको छ त!’— आमाको गुनासो।दाल त चोखो नै थियो, आमा,’— साहुजीको सहज उत्तर।म भान्सा खाने मान्छे, यस्तो हुँदैन नि,’ भन्दै आमा निस्कनुहुन्छ।अनि बाटोमा घरको जस्तो कहाँ हुन्छ र आमा!’ साहुजीको सिधा प्रतिक्रिया!यो संवाद सायद धेरै यात्रुको कहिल्यै नबिर्सिने कथा हो।खाना खान सुरु गर्दा स्वाद नलागेर धेरैले आधा खाना नै फ्याल्नु परेको देखिन्छ। यसले उपभोक्ताले सन्तुष्टि नपाउनुका साथै ठुलो परिमाणमा खाना बरबाद हुन्छ।तेस्रो समस्या हो लागत। यी बाटोका रेस्टुराँहरूले प्रतिस्पर्धाको अभावमा मनपरी मूल्य लिन्छन्। साधारण भात–दाल–तरकारीको मूल्य पनि सहरका राम्रै रेस्टुराँ बराबर पर्न सक्छ। यात्रुसँग विकल्प नभएकै कारण उनीहरू बाध्यतावश त्यहीँ खानुपर्छ।यस प्रकारका होटेलहरूको गुणस्तरअनुसार नियमन कसले गर्छ? धेरै नेपालीलाई थाहा नै छैन—किनकि प्रायः यस्तो नियमन कहिल्यै देखिँदैन। गुनासो उठे पनि सम्बन्धित निकायको चासो देखिँदैन।