सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १८ स्थित रहेको इलाका प्रहरी कार्यालय चनौलीमा जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गोबिन्द पुरी ज्यूको प्रमुख आतिथ्यमा मिति २०८२/०५/२३ र २४ गते Gen-Z आन्दोलनको क्रममा आगजनि तथा तोडफोड भएको इलाका प्रहरी कार्यालय चनौलीको भवन पूर्ण निर्माणमा सहयोग गर्नु हुने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको । उक्त कार्यक्रममा पूनः निर्माणको लागी सहयोग गर्नुहुने महानुभावहरु, विभिन्न वडाका जन प्रतिनिधिहरु, बाजर व्यवस्थापन समितिका पदाधिकारीहरु, राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे।
