कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्रीसँग भेट गर्दै

Spread the love

नेपाली कांग्रेसका प्रमुख नेताहरू प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न आइतबार बालुवाटार पुगेका छन्। कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्रीसँग भेट गर्दै पछिल्लो राजनीतिक अवस्था र निर्वाचनपछिको परिस्थितिबारे छलफल गरेका हुन्। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।बैठकका क्रममा प्रधानमन्त्री कार्कीले हालै सम्पन्न निर्वाचन सफल बनाउन विभिन्न पक्षले खेलेको भूमिकाको प्रशंसा गर्दै कांग्रेस नेतृत्वलाई धन्यवाद व्यक्त गरेकी थिइन्। लोकतान्त्रिक प्रक्रियामा सबैको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताइन्।स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले चुनावी परिणामलाई लिएर निराश नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन्। उनले लोकतान्त्रिक व्यवस्थामा हार र जित दुवै स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै आगामी दिनमा संयम र आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिएकी बताइएको छ।छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण पनि दिएकी थिइन्। उनले गान्धीले चुनावी हारपछि पनि विचलित नभई पुनः राजनीतिक रूपमा सशक्त रूपमा फर्किएको प्रसंग उल्लेख गर्दै कांग्रेस नेताहरूलाई पनि धैर्य र दृढताका साथ अगाडि बढ्न प्रेरित गरेकी बताइएको छ।