शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित शब्द र आशय प्रकट गरेको भन्दै ध्यानाकर्षण
नेपाल शिक्षक महासंघले २१ गते निर्वाचित प्रतिनिधिसभाका एक सांसदले शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित शब्द र आशय प्रकट गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो पदीय गरिमालाई बिर्सेर सांसदले दिएको अभिव्यक्तिप्रति महासंघले घोर भर्त्सनासमेत गरेको छ ।शुक्रबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै नेपाली शिक्षक–कर्मचारीको हक, हित र मर्यादाको प्राप्ति तथा संरक्षणका लागि नेपाल शिक्षक महासंघ सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारी पेसागत मर्यादा र स्वाभिमानविपरीतका कुनै पनि अभिव्यक्ति र व्यवहार नेपाल शिक्षक महासंघलाई मान्य हुन नसक्ने जनाएका छन्।महासंघले अभिव्यक्तिप्रति क्षमा माग्न पनि सम्बन्धित सांसदलाई आग्रह गर्दै आगामी दिनमा यस्ता विचार व्यक्त नगर्नसमेत सुझाव दिएकाे छ ।

