यूएईमा आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु
यूएईमा इरानद्वारा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको ज्यान गएको जनाइएको हो।
यसैबीच, विभिन्न देशका ५८ जना नागरिक सामान्य रूपमा घाइते भएको बताइएको छ।
यूएईको रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ। मन्त्रालयले नागरिक तथा बासिन्दाको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चालिएको जानकारी दिएको छ।
यद्यपि, मृतक तीन जनाको मृत्यु कहाँ र कसरी भएको हो भन्नेबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।
यसैबीच, Gulf News का अनुसार यूएईको अवस्था हाल सामान्य रहेको जनाइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
नेपाली नागरिकको मृत्युबारे Embassy of Nepal, Abu Dhabi ले अनौपचारिक जानकारी प्राप्त भएको जनाएको छ। तर, आधिकारिक पुष्टि भने हालसम्म गरिएको छैन।
