कास्कीका सहकारी बचतकर्ताहरूले कांग्रेस सभापति गगन थापालाई आफ्नो मागसहित ज्ञापनपत्र

Spread the love

कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न पोखरा आएका थापालाई अमरसिंह मैदानमा आयोजित कार्यक्रमस्थलमै पुगेर पीडितहरूले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। सहकारी बचतपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठसहितको टोलीले उक्त ज्ञापनपत्र बुझाएको जनाएको छ।

संयोजक श्रेष्ठका अनुसार फागुन २१ पछि गठन हुने नयाँ सरकारले सहकारीमा जम्मा गरेको बचत रकम फिर्ताको सुनिश्चितता गर्नुपर्ने र ठगी प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नुपर्ने माग राखिएको छ।

‘हामी लामो समयदेखि पीडित भएर बाँचिरहेका छौं,’ श्रेष्ठले भने, ‘उहाँ प्रधानमन्त्री भएको अवस्थामा समस्या समाधान होला भन्ने अपेक्षासहित ज्ञापनपत्र बुझाएका हौं।’