ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई नेपाल प्रहरी द्वारा प्रकाउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाई–प्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले नेपाल ल्याएको छ।अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए। काभ्रे घर भएका पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो।नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए। उनी सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश पोस्ट गर्दै धम्की दिँदै भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए।आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए।जपाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरी लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईं लगायतलाई ज्यान मार्ने धम्की दिएका थिए।यसअघि प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजङ्ग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार रहेका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
