कारागारमा रहेका कैदी, बन्दी तथा थुनुवाहरूलाई मानवअधिकारकाे बारेमा छलफल

Spread the love

पूर्ण चन्द्र चापागाई
चितवन जिल्ला अदालत वार एशोसिएशन मानव अधिकार समितिका संयोजक अधिवक्ता नुनराज सिलवालकाे प्रतिनिधित्वमा श्री नुनराज सिलवाल,सह-संयोजक अधिवक्ता विष्णु प्रसाद अर्याल, सदस्य सचिव अजय तामाङ, सदस्यहरू पूर्ण चन्द्र चापागाई, रामनाथ घिमिरे, प्रियंका थापा, जानकी क्षेत्री राज कुमार प्याकुरेल कानून व्यवसायीहरूले फागुन ०१ गते शुक्रवारका दिन कारागारमा रहेका कैदी, बन्दी तथा थुनुवाहरूको मानव अधिकारको अबस्थाको बारेमा जानकारी लिएको थियाे । कारागार प्रमुख रविन्द्र ढुङ्गानाले कारागारको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो।

कारगारमा ६४४ जना कैदी बन्दी र २ जना बालबालिका सहित जम्मा २४६ जना कारागारमा रहेको त्यसमध्ये ३४७ पुरूष कैदी, २५८ पुरूष थुनुवा, ३५ जना महिला कैदी, ४ जना महिला थुनुवा रहेको र १ जना क्यान्सर सम्बन्धी बिरामी रहेकोले वि.पि.कोइराला क्यान्सर अस्पतालमा पठाइएको उल्लेखित कैदी बन्दी मध्ये १ जना उदयपुरबाट पठाइएकाे चेकजाँच गर्दा क्यान्सर देखिएकोमा क्यान्सरको उपचार र औषधी सेवन गरी बसिरहेको समेत जानकारी गराउनु भएको थियो। भदौ २३/२४ को अबस्थाबाट उत्पन्न परिस्थितिले अन्य कारागारको अबस्था भदौ २५ गते ७३९ फरार भएका कैदी बन्दी मध्ये हालसम्म ११३ जना कैदी बन्दी फरार नै रहेकामा ११ जना भारतीय नागरिक, १०२ जना नेपाली नागरिक रहेकाे मध्ये ६ जना महिला र १०७ जना पुरूष रहेको पनि बताउनु भयाे । कारागार कार्यालय भरतपुरमा विभिन्न कारागारबाट कैदी बन्दीहरू उपचारको क्रममा स्थानान्तरण भई आउने गरेको बताउनु भयाे ।

भदौ २३/२४ बाट उत्पन्न परिस्थितिपछि फरार भएका कैदी बन्दीहरू मध्ये यस कारागारका १ जनाले पुन अर्को अपराध गरी कैदी बन्दी मध्येबाट नै नाइके,सह नाइके, चौकीदार राख्ने गरिएको पनि बताउनु भयो। फरारको अबस्था फरारपछि फिर्ता आएका कैदी बन्दीको अबस्था र तिनीहरूले पाउनु पर्ने कानूनी सुविधाको बारेमा कारागार प्रशासनले जिल्ला प्रशासन, अदालत, गृह, मन्त्रालयमा जानकारी गराउने गरिएकोमा बन्दीहरूले पाउने सुविधाहरू भदौ २३/२४ को अबस्थापछि रोकिएको र सो सुविधा कैदी बन्दीले नपाएकोमा मानव अधिकारको अबस्था गम्भीर भई मानव अधिकार हनन हुने कैदी बन्दी सुजन गुरूङ, किर्तनराज भण्डारी, अम्रिता चेपाङ, धनमाया लगायतका कैदी बन्दीहरूले कुनै कुनै अबस्थामा झुठ्ठा मुद्दामा समेत सजाय पाई कैद भुक्तान गर्नु परेको, पुरै कैद कानून बमोजिम पाउनु पर्ने सुविधा पाउन नसकेको कारण लामो समय कैद भुक्तान गर्नु परेको, धेरै जना प्रतिवादी भएका मुद्दामा हाजिर भएका थुनुवा, बन्दीहरूले धरौटी राखी कानूनले तोकेको समयभन्दा बढी समयसम्म मुद्दा फैसला नभएका कारण कैद भुक्तान गरी मानव अधिकारको हनन हुने गरेको तनहू जिल्ला अदालतसँग सम्बन्धित मुद्दामा सम्बन्धित प्रतिवादीले सुनुवाई मौका नै नपाएको, कानून व्यवसायी राख्ने अबस्थाको वातावरण समेत नपाईएकाे कुरा महिला बन्दी सिता सापकोटाले बताउनु भएको थियो । महिला बन्दी अम्रिता चेपाङले गैँडा लगायतका वन्यजन्तुसँग सम्बन्धित निकुञ्जसँग जोडिएका मुद्दामा एकै परिवारका अन्य सदस्यले गरेको गल्तीका कारण पुरै परिवारले कैदमा जिवन बिताउनु परेकाे कैदि बन्दीहरूबाट सुनाएका थिए।
कारागारको स्वास्थ्य सम्बन्धी बजेट कम हुँदा स्वास्थ्य उपचारमा गुनासो रहेकाे बताउनु भयाे। कैदी बन्दीहरूलाई खान, बस्न लगायतका न्युनतम सुविधाहरू रहेकाे बताउनु भयाे । नयाँ तथा आधुनिक कारागार निर्माणका लागि छलफल चलिरहेको समेतको जानकारी गराउनु भयाे।