फरार रहेका चालक र कार नियन्त्रणमा
जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं. ११ थानाभर्याङ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङ डिउटीमा खटिएको प्रहरी टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा नवलपुरतर्फ बाट हेटौडा बजारतर्फ आउदै गरेको तत्लाल नम्बर नखुलेको कारको चालकलाई डिउटीमा खटिएको प्रहरीले ब्रेथलाईजर मेसिनबाट मा.प.से.चेकजाँच गर्ने क्रममा कार चालकले एक्कासी सिसा बन्द गरी भाग्ने क्रममा प्रहरी जवान बिजय प्रताप साहलाई १० मिटर घिसारी घाईते बनाई फरार भएकोमा तत्काल घाईते प्रहरीलाई उपचारको लागी हेटौडा अस्पताल पठाई उक्त कारको खोजतलास गर्ने क्रममा मिति २०८२।०९।१८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थित हाकिमचोकबाट बा ६ च ८४०९ नं. कार र चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ४ घर बस्ने बर्ष ४६ को बासुदेब आचार्यलाई ब्रेथलाईजर मेसिन सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
