समाचार

३ हजार ९१५ स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय

Spread the love

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ विदेशी नागरिकको विवरणसमेत प्रस्तुत भएको छ। विपद्सम्बन्धी अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा बेपत्ता व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ। समितिले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ र वन डढेलो जोखिम न्यूनीकरण रणनीति समेत स्वीकृत गरेको छ।