समाचार

चितवन प्रहरीको नियन्त्रणमा रहेका १५२ सवारीसाधन लिलामीको तयारी हकदाबी गर्न १५ दिनको म्याद

Spread the love


चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले लामो समयदेखि प्रहरीको नियन्त्रणमा रहेका तथा बेवारिसे अवस्थामा फेला परेका १५२ वटा सवारीसाधनको हकदाबी गर्न सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले विभिन्न समयमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा फेला परेका मोटरसाइकल तथा स्कुटरका धनीलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवन (प्रबन्ध शाखा) ले २०८३ मंसिर १९ गते सूचना प्रकाशित गर्दै सम्बन्धित सवारीधनीलाई १५ दिनभित्र आफ्नो हकदाबी प्रस्तुत गर्न समय दिएको छ।
प्रहरी कार्यालयका अनुसार लामो समयदेखि कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा रहेका सवारीसाधनका सम्बन्धमा हालसम्म कसैले पनि आधिकारिक रूपमा हकदाबी गर्न नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको हो।
प्रकाशित विवरणअनुसार सूचीमा १५२ वटा सवारीसाधन समावेश छन्। तीमध्ये अधिकांश मोटरसाइकल तथा स्कुटर रहेका छन्। सूचीमा बजाज, होन्डा, यामाहा, हिरो, टीभीएस, रोयल इन्फिल्ड, कावासाकी लगायत विभिन्न कम्पनीका सवारीसाधन छन्। कतिपय सवारीसाधनका इन्जिन नम्बर र चेसिस नम्बर स्पष्ट उल्लेख छन् भने केहीको नम्बर नखुलेको वा स्पष्ट नभएको विवरणसमेत राखिएको छ।

प्रकाशित विवरणअनुसार सूचीमा १५२ वटा सवारीसाधन समावेश छन्। तीमध्ये अधिकांश मोटरसाइकल तथा स्कुटर रहेका छन्। सूचीमा बजाज, होन्डा, यामाहा, हिरो, टीभीएस, रोयल इन्फिल्ड, कावासाकी लगायत विभिन्न कम्पनीका सवारीसाधन छन्। कतिपय सवारीसाधनका इन्जिन नम्बर र चेसिस नम्बर स्पष्ट उल्लेख छन् भने केहीको नम्बर नखुलेको वा स्पष्ट नभएको विवरणसमेत राखिएको छ।
प्रहरीले सम्बन्धित सवारीधनी वा कानुनी हकदारलाई आफ्नो सवारीसाधनको पहिचान खुल्ने कागजात, सवारी दर्ता किताब (ब्लुबुक) लगायत आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय चितवनको प्रबन्ध शाखामा सम्पर्क गरी बुझिलिन आग्रह गरेको छ।
सूचनामा तोकिएको १५ दिनभित्र आवश्यक प्रमाणसहित हकदाबी गर्न नआएमा ती सवारीसाधन सरकारी सम्पत्ति मानी लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाइने उल्लेख छ।


सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद ३, दफा २० को उपदफा १ र २ बमोजिम आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ।
वर्षौंदेखि प्रहरी कार्यालयमा थन्किएका सवारीसाधनको व्यवस्थापन गर्न र वास्तविक धनीलाई आफ्नो सम्पत्ति फिर्ता लिने अवसर प्रदान गर्न सूचना जारी गरिएको देखिन्छ।
सवारीसाधनका धनीले समयमै सूचना हेरी आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क नगरेमा आफ्नो सवारीसाधन लिलाम प्रक्रियामा जान सक्ने भएकाले सम्बन्धित सबैलाई सचेत रहन जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे सुचना हेर्न आग्रह गरेको छ।