समाचार

न्यून भोल्टेजको समस्या समाधान हुने

Spread the love

नेपाल विद्युत् प्राधिकरणले बागलुङको बुर्तिवाङबाट नवी हुँदै छेन्तुङसम्मको ११ केभी फिडर सञ्चालनमा आएसँगै करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यसअघि लघुजलविद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले अब राष्ट्रिय ग्रिडको विद्युत् पाउनेछन्, जसले न्यून भोल्टेजको समस्या समाधान गर्ने अपेक्षा छ ।

नेपाल विद्युत् प्राधिकरणले बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुर्याएको छ । मोतीपुरबाट सन्धिखर्क, तम्घास र पौंदीअमराई हुँदै बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन र बुर्तिवाङ सबस्टेसनमार्फत आपूर्ति सुरु भएको हो ।