वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले विशेष कार्यदल गठन
वैदेशिक रोजगार विभागमा अहिले ३५ हजारभन्दा बढी ठगीसम्बन्धी मुद्दा अनुसन्धान क्रममा छन् भने हरेक वर्ष करिब ५ हजार नयाँ उजुरी पर्ने गरेका छन् ।
कार्यदलले विभिन्न निकायबीच समन्वय बढाउने र गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्ने लक्ष्य लिएको छ ।वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले विशेष कार्यदल गठन गर्ने भएको छ ।
गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा ४ मंसिरमा बसेको उच्चस्तरीय बैठकले युवा, श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकाय सम्मिलित कार्यदल बनाउने निर्णय गरेको हो ।
