बालेन्द्र शाह नै प्रधानमन्त्रीको उम्मेदवारको हकदार – मिलन पान्डे

Spread the love

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेभन्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नै प्रधानमन्त्रीको उम्मेदवारको हकदार रहेको बताएका छन् । पाण्डेले बालेनले स्वतन्त्र उम्मेदवारी दिएर जितेपछिमात्रै रविले रास्वपा पार्टी खोलेर राजनीतिमा आएको बताए । त्यसकारण पनि पहिलो हकदार बालेन रहेको उनको भनाइ छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम नै स्वतन्त्र उम्मेदवार बनेर जितेका बालेन शाहले जितेपछि बनेको पार्टी हो । नामै त्यसरी आएको हो भन्न लाग्छ मलाई । यदि बालेन शाह स्वतन्त्र हुँदैन थिएभने रास्वपा जन्मिँदैन थियो । यदि बालेन शाहले जितेका थिएनन् भने रवि लामिछाने राजनीतिमा आउनुहुन्थ्यो वा आउनुहुँदैन थियो भन्ने प्रश्न पनि छ । त्यही भएर रविजीको प्रस्ताव स्वभाविक हो,’– उनले भने ।साथै, भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि पनि सिंगो देश र युवाहरुले बालेनलाई खोजेको उनको दाबी छ । उनले बालेनको मार्गमा हिँड्नुपर्ने आवश्यकता औंल्याउँदै कतिपय राष्ट्रिय मिडियाले सम्पादकीयसमेत लेखेको बताए । एकपटक प्रधानमन्त्री पदको उम्मेदवारको स्वभाविक हकदार बालेन नै रहेको उनको दाबी छ ।भदौ २३ र २४ गतेपछि जे भयो र त्यहाँ जो जानुभएको थियो, त्यसको सेरोफेर र सामाजिक सञ्जालदेखि लिएर सडक हेर्दाखेरी सबैले बालेन मागेका थिए । बालेन–बालेन भनेका थिए । नेपालको मूलधार मिडियादेखि लिएर आम नागरिकसम्मले बालेन आउ, बालेन आउ भनेर लेखका थिए । कति मिडियाले त सम्पादकीय नै लेखेका थिए । एकचोटीको स्वभाविक हकदार चाहिँ बालेन हो,’– उनले भने ।उनले नयाँ दल र नयाँ शक्तिहरु मिल्दा अहिलेको अवस्थामै बहुमत आउनसक्ने अवस्था रहेको दाबी गरे । रवि र बालेनबीच को पहिला प्रधानमन्त्री भन्ने विवाद भयो भने उनीहरु पनि केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै लाइनमा हिँडेको पुष्टि हुने उनले बताए ।