५३३ जनाले रक्तदान गरि कार्यक्रम सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई

पुस ११ शुक्रवार भएको रक्तदान कार्यक्रममा जम्मा ५३३ जनाले रक्तदान गर्नुभएकोमा १११ जनाले माडीको बसन्तपुरमा, चौबिसकोठिमा १२० जनाले, चलौलीमा ७३ जनाले, नौघरेमा ११७ जनाले, देवघाटधाममा ११२ जनाले गरी जम्मा ५३३ जनाले मेघा रक्तदान कार्यक्रममा रक्तदान गर्नु भएको थियो । माडी बसन्तपुरमा भएको उक्त रक्तदान कार्यक्रम लायन्स क्लब इन्टनेशनल ३२५ आर क्लट ५ लाययन्स क्लब अफ माडी इकोको आयोजना र माडी रेडक्रस शाखा, ब्लड डोनर्स माडी नगर समिति, माडी क्याम्पस, माडी योग समिति, दिवाकर स्मृति बहुप्राबिधिक शिक्षालय, बसन्तपुर युनाइटेड क्लबको सह आयोजनामा भएको मेघा रक्तदान कार्यक्रम भएको थियो । त्यस अवसरमा १४ नया रक्तदाता, पुरुश ८५ जना र महिला २६ जनाले रक्तदान गर्नु भएको थियो