साउन १ गतेदेखि आवेदन देखि लाइसेन्स जारी नवीकरण शुल्क दोब्बर हुने

Spread the love

साउन १ देखि बागमतीमा सवारी लाइसेन्स शुल्क बढ्ने, आवेदनदेखि नवीकरणसम्म धेरै सेवामा दोब्बर शुल्क बागमती प्रदेश सरकारले साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी विभिन्न शुल्क वृद्धि गर्ने भएको छ। करिब एक दशकपछि गरिएको यो संशोधनअनुसार नयाँ आवेदनदेखि लाइसेन्स जारी र नवीकरणसम्मका धेरै शुल्क दोब्बर हुने भएका छन्।

नयाँ व्यवस्थाअनुसार नयाँ लाइसेन्स आवेदन शुल्क अब ५०० साउन १ देखि बागमतीमा सवारी लाइसेन्स शुल्क बढ्नेभएकाे छ ।आवेदनदेखि नवीकरणसम्म धेरै सेवामा दोब्बर शुल्क साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी विभिन्न शुल्क वृद्धि गर्ने भएको छ। करिब एक दशकपछि बढाएर १,००० रुपैयाँ पुर्‍याइनेछ। त्यस्तै मोटरसाइकल र स्कुटरको लाइसेन्स जारी तथा नवीकरण शुल्क १,५०० रुपैयाँबाट बढाएर ३,००० रुपैयाँ हुने भएको छ। यसले बागमती प्रदेशका लाखौं दुईपांग्रे सवारी चालक प्रत्यक्ष प्रभावित हुनेछन्।प्रदेश सरकारले यो शुल्क संशोधन आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमार्फत लागू गर्न लागेको हो। नेपालमा संघीय व्यवस्था लागू भएपछि प्रत्येक प्रदेशलाई सवारी सम्बन्धी शुल्क निर्धारण गर्ने अधिकार भएकाले बागमती प्रदेशले आफ्नै निर्णयअनुसार नयाँ शुल्क लागू गर्न लागेको हो।नयाँ शुल्क साउन १ गतेदेखि बागमती प्रदेशका सबै यातायात व्यवस्था कार्यालयहरूमा लागू हुनेछ।