सडकमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ
सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए
