आन्दोलनमा जाने निर्णयप्रति गहिरो पछुतो शारीरिक पीडासँगै मानसिक रूपमा निकै कठिन
एक पोडकास्टमा सहभागी हुँदै उनले त्यस दिन आन्दोलनमा जाने निर्णयप्रति आज पनि गहिरो पछुतो रहेको बताए।भावुक हुँदै उनले भने, “म जेन्जि अभियन्ता शान्तनु ढकालले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएको घटनालाई आफ्नो जीवनकै सबैभन्दा पीडादायी अनुभव भएको बताएका छन्। हालै एक पोडकास्टमा सहभागी हुँदै उनले त्यस दिन आन्दोलनमा जाने निर्णयप्रति आज पनि गहिरो पछुतो रहेको बताए। आफ्नै निर्णयलाई दोष दिन्छु। त्यो दिन आन्दोलनमा किन गएँ? आज पनि आफैँलाई सोधिरहन्छु— किन त्यस्तो निर्णय लिएँ?”शान्तनुका अनुसार उक्त घटनाले उनको जीवनको दिशा नै बदलिदियो। अनुहारमा गम्भीर चोट लागेपछि उनले लामो समय उपचार, शल्यक्रिया र पुनर्स्थापनाको कठिन प्रक्रिया पार गर्नुपरेको बताए। शारीरिक पीडासँगै मानसिक रूपमा पनि निकै कठिन समय व्यतीत गर्नुपरेको उनको अनुभव छ।
उनले जीवनमा आएको परिवर्तन, संघर्ष र पुनः सामान्य जीवनमा फर्किने प्रयासबारे पनि खुलेर चर्चा गरेका छन्। आफ्नो अनुभव साझा गर्दै उनले कठिन परिस्थितिले मानिसको सोच, आत्मविश्वास र भविष्यमा गहिरो प्रभाव पार्ने बताए।शान्तनुको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले उनको साहसको प्रशंसा गरेका छन् भने केहीले आन्दोलनका क्रममा भएका घटनाले व्यक्तिको जीवनमा पार्ने दीर्घकालीन असरबारे बहस समेत गरेका छन्।
