द्विपक्षीय सम्बन्ध अझ सुदृढ भविष्यमा सहकार्यका थप अवसर खुल्ने संकेत

Spread the love

जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री रीम अलाबाली राडोभानसँग भेट गरी विभिन्न विषयमा छलफल गरेकी छन्।राप्रपा सांसद खुश्बु ओली जर्मनीको ह्याम्बर्गमा आयोजित ‘ह्याम्बर्ग सस्टेनेबिलिटी सम्मेलन’मा सहभागी भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन्।सम्मेलनका क्रममा उनले जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री रीम अलाबाली राडोभानसँग भेट गरी विभिन्न विषयमा छलफल गरेकी छन ।

ओलीका अनुसार भेटमा दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा साझा समृद्धिका लागि युवा नेतृत्वको भूमिकाबारे विचार आदानप्रदान भएको थियो।उनले यस्ता सम्मेलनहरूले मुलुकहरूबीच सहकार्यको दायरा विस्तार गर्ने र विश्वास निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्दै उनले भविष्यमा सहकार्यका थप अवसर खुल्ने संकेत गरिन्।